Logo

जनताप्रति बफादार उम्मेदवार छान्नुहोस् : मन्त्री पाण्डे



चितवन, १० मंसिर (रासस) : वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले जनताप्रति बफादार बनेर विकासलाई गति दिने उम्मेदवारको पक्षमा मतदान गर्न सबैसंग आग्रह गर्नुभएको छ ।

भरतपुर महानगरपालिका– २० भीमनगर धर्मभकारी चोकमा आज आयोजित चुनावीसभामा उहाँले चुनाव नजिकिएपछि मात्रै योजना पार्छु भन्दै आउने उम्मेदवारको अस्थिरताले निर्वाचन क्षेत्रको विकास नहुने बताउनुभयो ।

चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष पाण्डेले भन्नुभयो “सधँै सत्तामा पुग्न जोसँग जसरी पनि तालमेल गर्ने, सम्बन्ध टुटाउने र फुटाउने व्यक्ति जनताप्रति बफादार बन्न सक्दैनन् ,

उहाँले भन्नुभयो “जनतासँगै घुलमिल भएर विकास गर्ने नेतृत्व रोज्नुपर्छ ।” मताधिकार निर्वाचन क्षेत्रको विकासलाई पनि प्रभाव पार्ने महत्वपूर्ण निर्णय हुने भएकाले झुटा आश्वासनका पछि नलाग्नसमेत मन्त्री पाण्डेले सबैसंग अनुरोध गर्नुभयो ।

उहाँले मतदान गर्दा पदभन्दा काम गर्ने व्यक्ति हेरेर फैसला गर्नुपर्नेमा जोड दिदैं राजनीतिलाई नै आर्थिक स्रोतको माध्यम बनाउँदै हिँडेका व्यक्तिले कर्ममा विश्वास गर्ने उम्मेदवारको विरोध गरेको जनताले देखिरहेका छन् भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot