Logo

गुल्मीको क्षेत्र नं २ को ‘१’ प्रदेशमा गठबन्धनका एमालेका केसी बिजयी



कौरव खत्री : गुल्मी २३ मंसिर । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को ‘१’ प्रदेशमा बामगठबन्धनका खडग केसी बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेसका शालिकराम पन्थीलाई चार हजार चार सय ९२ मत अन्तरले पराजित गरेका छन् । गठबन्धनको तर्फबाट एमालेका केसीले १६ हजार एक सय ६५ र पन्थीले ११ हजार छ सय ७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रतिनिधी सभा क्षेत्र नं २ ‘२’ को पनि अन्तिम नतिजा केहिबेरमा आउँदै छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा बामगठबन्धनका उमेदवार प्रदिप ज्ञवालीको १३ हजार छ सय ४९ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र भण्डारीले नौ हजार नौ सय ७१ मत रहेको छ । त्यस्तै प्रतिनिधी सभा २ का बामगठबन्धका उमेदवार गोकर्ण बिष्टको १७ हजार एक सय ८८ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र केशीको आठ हजार तीन सय ९४ मत रहेको छ ।

सभामाको प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवारहरुको अन्तिम नतिजा आउने क्रम शुरु भएको छ । अहिले प्रतिनिधी सभा क्षेत्र नं २ ‘ख’ अन्तरगत गठबन्धनका उमेदवार खडक केशी बिजयी भएका छन् । यद्यपी सार्वजनिक गरिएको छैन् । अग्रता बिजय नजिक पुगेको छ ।

अहिलेसम्म दुई प्रतिनिधी तथा चार प्रदेश सभा अन्तरगत प्रतिनिधी सभा अन्तरगत दुई गाउँपालिकाको मतगणना सकिदा अगाडी रहेको छ । प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको मतगणना सकिएको छ ।

जसमा वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको ४४८३ मत रहेको छ । भने कागे्रसका चन्द्र भण्डारीको ३७५१ मत छ । उक्त क्षेत्रमा अहिलेसम्म ८५३५ मत गणना भएको छ । अहिले चन्द्रकोट गाउँपालिकाको मतगणना थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot