Logo

उदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी



गाईघाट, उदयपुर, २३ मंसिर : उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ र ‘ख’ को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गर्नुभएको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा अन्तर्गत क्षेत्र ‘क’ बाट वाम गठबन्धनकी उम्मेदवार कला घलेले १३ हजार ४५९ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार खत्रीले ८ हजार ९७६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले बताउनुभएको छ ।

 

यस्तै, क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट वाम गठबन्धनका नारायण बुर्जा मगरले ९ हजार ७७० मत ल्याएर भर्खरै विजयी हुनुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भेषराज मगरले पाँच हजार ९३४ मत प्राप्त गर्नुभएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot