Logo

चुलाचुली–तराई दु्रत मार्ग बनाइने



इलाम, ६ पुस । नेकपा एमालेका नेता सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुत मार्ग बनाइने बताउनुभएको छ । माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सांसद नेम्वाङले महमाई र दानाबारीबीचमा पर्ने माईखोला, चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न पनि आग्रह गर्नुभयो । पुल बनेपछि महमाई, बाँझो, सोयाक र जीतपुर आउजाउ गर्न सहज हुनेछ ।

महमाई क्षेत्रको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गरिने बताउँदै उहाँले पाँच वर्षभित्र जनताले अनुभूत गर्ने खालका ठोस योजना लागू गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा, राम रानालगायतले बढ्दो बेरोजगारी समस्या समाधान गर्न पहल गरिने बताउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्