Logo

को हुन् वीरेन्द्र श्रेष्ठ ? जो पछिल्लो समय यसकारण चर्चामा छन्



काठमाडौं, २२ पुस । नेपाली सुगम संगीतमा परिचित नाम हो वीरेन्द्र श्रेष्ठ । नेपालको पुर्वी क्षेत्रको हरेक सांगीतिक कार्यक्रममा र्दशक श्रोताको पहिलो रोजाईमा पर्ने श्रेष्ठ हरेक गीत संगितमा श्रष्टाको अथक मेहनत र लगानी परेको बताउनुहुन्छ । गत पौष १५ मा पाचँथरको फिदिममा आयोजित बृहत सांगितिक कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिदै गर्दा गीतकार अम्वीका गुरुङ्ग, दिपक शर्मा, गायक अरुण थापाको सम्झना गर्दै आफ्नो प्रस्तुती दिनुभएको थियो । कमैमात्र गायकहरु यसरी श्रष्टाहरुको सम्झना र समर्पणबाट आफ्नो प्रस्तुतीको श्री गणेश गर्दछन् । हुने विरुवाको चिल्लो पातु भने झैँ गायक श्रेष्ठको गायन कलामा निखार आउदै गएको बताउछन् र्दशक श्रोता ।

ताप्लेजुङ्गको सिनाममा जन्मी बारीको पाटोबाट आफ्नो अध्ययन सुरु गर्नु भएका श्रेष्ठ गाउघरमा प्रकृतीबाट आउने आवाज नै सुमधुर संगित रहेको बताउनुहुन्छ । सोही प्रकृतीमा रमेर गीत गाउदै स्कुल जाने वीरेन्द्र श्रेष्ठ युरोपबाट ईन्जिनियरिङ्गमा मास्टर्स त गर्नु भयो तर उहाको सानैदेखीको रहर भने औपचारिक शिक्षाले पुरा गर्न सकेन त्यसपछिका दिनमा श्रेष्ठ संगीतको पछि लाग्दै सानैदेखीको आफुले दवाएर राखेको क्षमता बाहिर ल्याउनु भयो पहिलो एल्वम् ुसुचिन्दाुबाट ।

हजुर बुवा केवलमान श्रेष्ठकोे माया तथा बन्धनले होला अध्ययन लगत्तै २०५३ देखी देशको माटोले तानेपछी जन्मभूमीमै केही गर्नुपर्छ भनि नेपाल फर्की नेपाल बिद्युत प्राधिकरणबाट आफ्नो जागिरे यात्रा सुरु गर्नु भयो । सोही समयमा नेपालका प्रख्यात र चर्चित गीततकार, संगितकार तथा गायक गायिकाहरुको संगत सगै गीत गाउन प्रेरित हुनुभएका गायक श्रेष्ठ हाल कावेली ए जलबिद्युत आयोजनाको आयोजना प्रवन्धक रही देश उज्यालो बनाउने कार्यमा लाग्नु भएको छ ।

आफ्नो कार्य ब्यस्तता त छदैछ तर पनि हाल सम्म २० ओटा गीतमा स्वर भरि सक्नु भएका श्रेष्ठका १३ ओटा गीत बजारमा मात्र आएनन् ति गीतले श्रोतामा माझ चर्चा समेत बटुल्न सफल भएका छन् । गीत आफैमा एउटा कथावस्तुको बिम्व हो जसलाई सुनेर मात्र पूर्ण नहुने भएकोले श्रब्य दृश्य मार्फत श्रोताकहाँ जानु पर्ने र संचारको पहुचताले आफ्नो गोजीमा रहेको मोवाईलमा हेर्न तथा श्रवण गर्न पाउनु पर्ने अधिकार कायम भई सकेको यो समयमा केवल उत्कृष्ट गायन, संगित, र शब्दले मात्र पुग्दैन ।

गायक वीरेन्द्र श्रेष्ठले समयको मागलाई बुझेर केही गीतका भिडीयो समेत बजारमा ल्याई सक्नु भएको छ भने निकट भविस्यमै सि।आर।बिटी।, पि।आर।बिटी रिङ्ग टोनमा समेत श्रेष्ठका गीतहरु सुन्न पाईने भएको छ । आफ्नो जन्म दिनको अवसर पारेर गायक श्रेष्ठले २०७५ बैसाख १० मा र्दशक श्रोतामाझ आफ्नो एल्वम् ुसुचिन्दाुको प्ररिस्कृत स्वरुप बिमोचन गर्ने योजना रहको बताउनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot