Logo

गगन थापालाई अनुशासनको कारबाही गर्ने देउवाको तयारी !



काठमाडौं, २६ पुस । नेपाली कांग्रेसभित्र युवा नेता गगन कुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माँग उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले जनाए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेको र पछिल्लो समय डा. गोविन्द केसीको प्रकरणमा अदालतको विरुद्धमा व्यक्तिगत चर्चा हाँसिल गर्ने उद्देश्यले जथाभावी बोलेको भन्दै गगनलाई कारबाही गर्नुपर्नेबारे आज प्रधानमन्त्री निवास बालुवाटारको विशेष बैठकमा कुरा उठेको स्रोतको दाबी छ ।

बैठकमा सहभागी एक नेताले भने,‘गगनजीले युवाहरुले नेतृत्व लिनुपर्ने भन्दै विधान विपरित भेला आयोजना गर्नुभयो, त्यतिमात्रै होईन चर्चाको लागिमात्रै भएपनि उहाँले पार्टी नेतृत्व विरुद्धमा बोल्नुभयो, यो गलत हो, पार्टीको विधान, नीति र अनुशासन बाहिर गएर बोलेको र त्यस्तै गतिविधि गरेकोले उहाँलाई कारबाही गर्नुपर्छ भन्ने माँग साथीहरुले गर्नुभयो, यस विषयमा सोचेर निर्णय लिईने समझदारी भएको छ।’

यता युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् । सुरुमा गगनलाई नै प्रवक्तामा नियुक्त गर्ने हल्ला चलाईएको थियो । तर, पछि उनको गतिविधि गलत नियतले सञ्चालनमा आएपछि उनलाई देउवाले हेरेको हेरै बनाईदिए ।

तर गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिन समेत भ्याएका छन् । उनले ट्विटमा ’विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता हुनु भएकोमा बधाई तथा प्रभावकारी कार्यसम्पादनको शुभकामना! नयाँ पुस्तालाई जिम्मेवारी दिनुभएकोमा पार्टी सभापतिलाई धन्यवाद!’ लेखेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेकेका हुन् । देउवाले पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

शर्मालाई सप्राईज गिफ्ट दिएका देउवाले गगनलाई सप्राईज कारबाही गर्लान् त ? यो भने अब चर्चायोग्य विषय बनेको छ । गगनले निर्वाचनमा पार्टी सभापतिकै कारण पराजय भोग्नु परेको भन्दै युवा नेताहरुको भेला बोलाउने गरेपछि उनीसँग देउवा रुष्ट छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot