Logo

संयुक्त कार्यदललाई ओली–प्रचण्डको दिशानिर्देश



काठमाडौं, २६ पुस। राष्ट्रिय सभाका सदस्यहरुकाे निर्वाचन, प्रदेश सरकार र संसदकाे जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले-माअाेवादी केन्द्रकाे संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देश गर्नुभएकाे छ।

एमाले-माअाेवादी केन्द्रका अध्यक्षसहित कार्यदलका सदस्यहरुकाे संयुक्त बैठक बालकाेटमा बसेकाे थियाे। बैठकमा अाेली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश गर्नुभएकाे थियाे।

कार्यदलले राष्ट्रिय सभाकाे निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारकाे गठन, प्रदेशकाे मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयाेजन समितिमा रिपाेर्ट पेश गर्नेछ। रिपाेर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेकाे जनमत, व्यक्तिकाे व्यक्तित्व र याेगदान, पार्टी एकताकाे स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिनुभयाे।

कार्यदलले भाेलिदेखि नै काम सुरु गरेर छिटाे रिपाेर्ट पेश गर्ने र रिपाेर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलकाे रिपाेर्टसहित बाँकी जिम्मेवारी स्वत: एकीकृत तहकाे शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिनुभयाे।

कार्यदलमा रामबहादुर थापा “बादल”, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पाेखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहनुभएकाे छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot