Logo

ओलीले भने,‘बैंककमा रहँदा मेरो राजेशसँगमात्रै राजनीतिक कुरा हुन्छ, अरु कसैसँग पनि भेट हुँदैन्’



काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थाईल्याण्डको बैंककमा रहँदा आफूले सहयोगी राजेश शाक्यसँगमात्रै राजनीति कुरा गर्ने स्पष्ट पारेका छन् ।

बुधबार स्वास्थ्य परीक्षण गर्न थाइल्याण्डको बैंकक जानुअघि बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बैंककमा अन्र्तराष्ट्रिय शक्तिकेन्द्रहरुसँग भेटवार्ता हुन्छ कि भन्ने आशंका गरिएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘मेरो कसैसँगपनि राजनीतिक कुरा हुँदैन, भयो भने राजेशसँगमात्रै हुन्छ, अरु सँग हुँदैन्।’ कतिपयले भारत र चीनका विशेष दुतहरुसँग पनि ओलीले बैंककमा रहँदा भेटवार्ता गर्छन कि भनेर अड्कल काटिरहेको बेला ओलीले यसरी उक्त आरोपको खण्डन गरेका हुन् ।

वाम गठबन्धन बनाएर चुनावमा होमिएर सफलता हाँसिल गरेका नेता ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । पार्टी एकता गर्न कम्मर कसेर लागेका नेता ओली दुई तिहाईको प्रधानमत्री बन्दैछन् । ओलीलई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका थिए । त्यतिमात्रै नभएर मोदीले ओलीलाई भारत भ्रमणको निम्तो समेत दिन भ्याएका थिए ।

आज बैंकक उड्नुअघि अध्यक्ष ओलीले त्यहाँ रहँदा कसैसँग पनि राजनीतिक भेटवार्ता नहुने जिकिर गरे । उनले विमानस्थलमा भने,‘राजनीति कुरा राजेशसँग मात्रै हुन्छ, अरुसँग हुँदैन्। ओली थाइ एयरलाइन्सको विमानबाट नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनी माघ २ गते फर्कने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot