Logo

खुला राष्ट्रिय लोक भजन प्रतियोगिता फागुन १२ गते



पोखरा, २९ पुस । लोप हुन लागेका नेपाली लोक भजनको संरक्षणको उद्देश्यका साथ प्रथम खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता आगामी फागुन १२ गते यहाँ हुने भएको छ ।

कार्यक्रम संयोजक तुलसी प्रवासले आधुनिकताको चपेटामा लोक भजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

खैंजडी, मुजुरा, मृदङ्ग, मादल जस्ता परम्परागत बाजाका साथमा देशका विभिन्न जिल्लाबाट ५० भन्दा बढी समूह प्रतियोगितामा सहभागी हुने बताइएको छ । दर्ता भएका समूहलाई माघ महिनाभरी जिल्लामा छनोट गरी अन्तिम १५ समूहलाई पोखरा प्रदर्शनी केन्द्रमा प्रतिष्पर्धा गराइने छ ।

पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार,  ३० हजार र २० हजारसहित प्रमाणपत्र तथा अन्य पाँच उत्कृष्ट समूहलाई तीन हजारसहित प्रमाणपत्र दिइने लायन्स क्लबका अध्यक्ष भरत कोइरालाले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot