Logo

सांस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न



नवलपरासी, २ माघ । जिल्लाको क्षेत्र नं १ बुलिङटार गाउँपालिका वडा नं ६ हडाहा टार स्थित श्री गणेश युवा क्लव द्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल प्रतियोगिता सफलता पुर्ण सम्पन्न भएको छ ।

सोही क्लवका अध्यक्ष तथा श्री शिव माविका प्राध्यापक ओम कुमार श्रेष्ठको अध्यक्षतामा रहेको आठौं बार्षिक उत्सवको उद्घाटनमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री तथा नवलपरासी क्षेत्र नं १ बाट प्रतिनिधी सभाका निर्वाचित उम्मेदवार डा.शसांक कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।

सोही दिन सांस्कृतिक कार्यक्रमको लागी कलाकारहरु राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका कोषाध्यक्ष एवं लोकप्रिय गायक दिपक खड्का, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर जिल्ला कोषाध्यक्ष एवं गायिका दुर्गा सापकोटा र कलाकार तथा सञ्चारकर्मी नवराज अधिकारिको उपस्थितीमा भरपुर्ण मनोरञ्जन भएको थियो भने दर्शकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

पौष २७ गते देखि २९ गतेसम्मको कार्यक्रम भनिएता पनि बृहत सांस्कृतिक कार्यक्रम साथै ३२ बर्ष माथिका खेलाडी भेट्रान र ३२ बर्ष मुनिका खुल्ला भलिबल प्रतियोगिता समेत भएको हुँदा समयको अभावका कारण ३० गते बल्ल सम्पुर्ण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भलिबल प्रतियोगितामा धेरै टाढाबाट राष्ट्रिय तथा क्षेत्रीय खेलाडी पनि सहभागी भएका थिए । भलिबल खेलमा भेट्रान तर्फ प्रथमलाई रु ८ हजार साथै प्रमाणपत्र द्वितीयलाई रु ५ हजार साथै प्रमाणपत्र र तृतीयलाई पनि रु ३ हजार साथै प्रमाणपत्र पुरस्कार राखिएको थिइयो भने खुल्ला तर्फ प्रथमलाई रु ३० हजार प्रमाणपत्र द्वितीयलाई रु २० हजार प्रमाणपत्र र तृतीयलाई रु १० हजार साथै प्रमाणपत्र पुरस्कार रहेको थियो ।

त्यस्तै ३२ बर्ष माथी भेट्रान भलिबल खेलमा नवलपुर बुलिङटार गाउँपालिका वडा नं ५ जौबारिबाट प्रथम भएका छन् भने बुलिङटार गाउँपालिका वडा नं ३ बाट द्वितिय र बुलिङटार गाउँपालिका वडा नं ६ भारतीपुर बाट तृतीय स्थान हासिल गरी पुरस्कार हात पार्न सफल भएका छन् ।

सोही ३२ बर्ष भन्दा मुनी खुल्ला भलिबल तर्फ तनहुँ क्षेत्र नं २ सपाङ्दीका खेलाडी प्रथम भएका छन् भने नवलपुर बुङ्दीकाली गाउँपालिका डेढगाउँ बाट द्वितिय र बुलिङटार गाउँपालिका वडा नं ५ बाट तृतीय स्थान हासिल गरी नगद पुरस्कार सहित प्रमाणपत्र हात पार्न सफल भएका छन् ।

२७ गते उद्घाटनको दिन देखी ३० सम्म लगातार चार दिनसम्म बुलीङटार ३ स्थित श्री त्रिभुवन उच्च माध्यमिक बिद्यालयका शिक्षक देव बहादुर चितौरेले कार्यक्रम सञ्चालनमा उत्कृष्ट भुमिकामा निर्वाह गरेका थिए । सोही आठौं बार्षिक उत्सव समारोहमा भएको खेलकुद भलिबल प्रतियोगितामा राष्ट्रिय भलिबल टिमका एम्पायर तथा कुशल शिक्षक तिलक खंडलुक मगरको नेतृत्व रहेको थियो ।

उक्त खेलकुद भलिबलको टोली रेफ्रीहरुलाई प्रशिक्षक खंडलुकको नै प्रशिक्षण रहेको थियो । सोही कार्यक्रम समारोहको उद्घाटन दिनमा गणेश युवा क्लवको अध्यक्ष ओम कुमार श्रेष्ठले कलाकार हरुलाई मायाको चिनो वितरण गर्नुको साथै बिदाई गरेका थिए । २८ देखी ३० गते सम्म भलिबल प्रतियोगिता रहेर निक्कै मनोरञ्जनात्मक कार्यक्रम भएको थियो ।

३० गते अन्तिम फाइनलको दिनमा बुलिङटार गाउँपालिकाका अध्यक्ष शसिकिरण बस्ताकोटीको प्रमुख आतिथ्य रहेको थियो भने सम्पुर्ण भलिबल खेलाडी हरुलाई अध्यक्ष बस्ताकोटीद्वारा नै पुरस्कार वितरण गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तस्बिर-बाबुराम सिग्दले



प्रतिक्रिया दिनुहोस्

Screenshot