Logo

औद्योगिक क्षेत्रमा आगलागी हुँदा १७ भारतीयको मृत्यु, उद्योग मालिक पक्राउ



७ माघ । भारतको दिल्लीस्थि बवाना ‍औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १० महिलासहित १७ को मृत्यु भएको छ । आगलागीमा परेका २३ जना बेपत्ता भएका छन् ।
शनिबार तीनवटा उद्योगमा आगो लागेपछि जनधनको क्षति भएको हो ।
उद्योगका मालिक मनोज जैनलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनमा परी मृत्यु भएका मृतकका परिवारलाई जनही पाँच लाख दिने र घाइतेलाई एक एक लाख दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुखदयी भएको भन्दै छानबिनको आदेश दिएका छन् ।

दिउँसो ३ बजे लागेको आगो निभाउन आगलागी नियन्त्रक साँझ ६ बजे मात्र पुगेकोले क्षति धेरै भएको जनाइएको छ । उक्त कारखनामा ४५ जना कामदार रहेको र अरु कामदारको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्