Logo

आम दर्शक स्रोताका मुटुका ढुकढुकी गायक लामिछाने (भिडियो सहित)



काठमाडौं, ९ फागुन । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका लोक दोहोरी गायक सरोज लामिछाने काठक्षेत्रमा जमिरहेका छन् । उनको नाम सञ्चार क्षेत्रमा पनि उतिकै परिचित छ । गायक लामिछाने हंसिला, सिधा र सरल सोभावका भएर सम्पूर्ण आम दर्शक स्रोताको रोजाईमा पर्ने गरेका छन् ।

गायक लामिछाने आजभोली मेला महोत्सवमा पनि उत्तिकै व्यस्त देखिने गरेका छन् । गाँउले परिवेशमा जन्मिएका उनी गाँउले जिवनका यथार्थ कथाहरुलाई टपक्क टिप्न माहिर छन् भने प्रत्यक्ष दोहोरी खेल्न पनि उतिकै खपिस् छन् ।
गायक लामिछानेले करिब दुईदर्जन भन्दा बढि गीतमा आवाज दिएका छन् भने अधिकांश गीतहरुमा उनको आफ्नै शब्द शंकलन एवम् संगीत रहेका छन् ।

कुनैपनि सर्जकलाई आफ्ना हरेक र्सिजनाहरुको बराबरी माया लाग्छ । उति नै प्रिय लाग्छन् हरेक गीतहरु । तर पनि गायकको परिचय दिने गीतहरुको संख्या भने कम मात्रामा हुन्छन् । गायक लामिछानेलाई चिनाउने गीत कुन हो भनेर प्रश्न गर्दा उनले सहज जवाफ दिने गीत ‘बदाम खाको सुन्तला छोडाको’ नै हो ।

त्यस्तै पोखरामा हनिमुन मनाउला, कति राम्री जुरेली चरी, सालको पात हे माया, सानुमाया हाँसेर बोल, माछि कहाँ छ लगायतका गीतहरुले उनको परिचयलाई फराकिलो बनाएका छन् ।

गायक लामिछानेको शब्द, संगीत एवम् स्वर रहेको प्रमिला तामाङको प्रस्तुतीमा ‘धानको बाला लसरी पसरी’ बोलको गीत केही समय अघि सार्वजनिक भएको छ । संगीत क्षेत्रमा संघर्षपूर्ण यात्रामा हिडिरहेका लामिछाने गाउँबस्तिका भाकाहरुलाई बढि प्राथमिकता दिने गायक हुन ।

धानको बाला लसरी पसरी’ बोलको गीतमा उनलाई प्रमिला तामाङले स्वरमा साथ दिएकी छन् । सञ्जीव ठकुरी र एलिना देउजाको अभिनय रहेको उक्त गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । छायांकन दुर्गा पौडेलले गरेका छन् ।  अबको यात्रामा पनि एक पछि अर्को गर्दै उनी नयाँ पनका गीत संगीतको र्सिजना गर्ने बताउछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot