Logo

नयाँ अर्थमन्त्रीका पाँच प्रतिबद्धता



काठमाडौं १५ फागुन । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले सरकारी खर्चको प्रभावकारिता सुनिश्चित गरिने बताएका छन् । सोमबार कार्यभार सम्हाल्ने क्रममा उनले आफ्नो पाँच बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।

खतिवडामा पाँच बुँदे प्रतिबद्धता:

– संविधानले दिएको नागरिकको आर्थिक अधिकारको रक्षा गर्ने, राज्यका निर्देशक सिद्धान्तहरुमा अन्तर्निहीत आर्थिक अिधकारहरुको कार्यान्वयन गर्ने, वाम गठबन्धनले जनतासामु गरेका प्रतिबद्धताहरु पुरा गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु पुरा गर्ने।

– लोक कल्याणकारी राज्यबाट समाजवाद उन्मुख अर्थ व्यवस्थातर्फ अघि बढ्ने। यसका लागि निजी, सहकारी तथा सामुदायिक क्षेत्रसंग सहकार्य गर्ने र त्यो सहकार्य परिपुरकको रुपमा रहने।

– सरकारी वित्ता व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने। सरकारी बित्ता प्रणालीलाई पारदर्शिता बनाउने र खर्चको प्रभावकारिता अपनाउने। वित्ता प्रणालीको साधनस्रोतलाई उत्पादनसंग जोड्ने।

– उच्च आर्थिक बृद्ध र समृद्धिको इञ्जिनको रुपमा निजी क्षेत्रलाई लिने। निजी क्षेत्रस‌ंगको सहकार्यलाई अघि बढाउने। यसका लागि निर्णय प्रकृयालाई छिटोछरितो बनाइने।

– मुलुकको विकास र समृद्धिका लागि बाह्य सहयोगको आवश्य पर्ने हुँदा अन्तर्राष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताको आधारमा सहयोग गर्ने।



प्रतिक्रिया दिनुहोस्

Screenshot