Logo

प्रथम टारीबेशी चैतेदशै मेलाको आयोजना



काठमाडौं, २५ फागुन । ‘मौलिक कला, संस्कृति र पर्यटन, हाम्रो पहिचान संरक्षण, सम्वद्र्धन र विकास हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ प्रथम टारीवेशी चैते दशैं मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

चैत्र ११ गते चैते दशैको दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मेला लाग्ने आयोजकले जानकारी दिएको छ ।

कुमारी देवि यूवा क्लवको आयोजनामा आयोजित मेलामा गायक पशुपति शर्मा, मेलिना राई, प्रिति आले, राजकुमार बाँनिया, शशान कंडेल, विजय थापा, त्यस्तै मोडल रिया घले, दिवश पाण्डे, पुजा जोशी र हास्य कलाकार हरी निरौला, कक्रोज अनि सागर लम्साल बले लगायतको प्रस्तुति रहने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot