Logo

एमाले माओवादीलाई कमजोर बनाएर आत्मसमर्पण गराउन चाहन्छ : गजुरेल



आज कम्यूनिष्ट दिवस । नेपालमा कम्यूनिष्टको आवरणमा राजनीतिक गर्नेहरुको संख्या कम छैन् भनेर विश्लेषण गर्ने राजनीतिक विश्लेषक पनि भेटिन्छ्न । वाम विश्लेषक डा. सुरेन्द्र केसी त नेपालमा एमाले र माओवादीलाई कम्युनिष्ट भन्न नमिल्ने सम्मको तर्क गर्छन् ।

मिल्ने र चिल्ने कुरा नेपाली कम्युनिष्टलाई सिकाउनु पर्दैन्, यो चाही सत्य हो । कम्यूनिष्टहरु सानो कुरामा विभाजित हुन्छन् । सानै कुरामा विचार नगरी मिल्छन् । फेरी टुट फुट हुन्छन् । ०७४ असोज १७ गते देखि एमाले र माओवादी केन्द्रबीचको एकताको हुंकार आजको दिनसम्म उस्तै छ । तर एकता हुने बुधबार आएको छैन् । कम्यूनिष्टको लागि बुधबार पर्खिनु परेको जस्तो देखिन्छ ।

माओवादी विचार सहित, परिवर्तनको मुख्य श्रेय लिन खोज्छ । एमाले निर्वाचनको बेलामा पाएको जनमतलाई आधार मानेर माओवादीको समानताको आधारमा पार्टी एकता गर्ने कुरामा विमती राख्छ । यि र यस्तै प्रसंगहरुको बारेमा नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम नेपाली वहसका लागि माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग ऋषि धमालले गरेको कुराकानिको सम्पादीत अंशः

पार्टी एकता कता पुग्यो हरिबोल जि ?

आज घोषणा गर्ने भनिएको थियो । समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । केही गृहकार्य नपुगेको कारण एकता हुन नसकेको हो ।

कुन आधारमा समानता ?

दुईवटा ठूला पार्टी हुन । निर्वाचनमा एमाले पहिलो भयो । हिजोका दिनमा माओवादी पनि पहिलो पार्टी बनेको थियो । संगठन, नेता कार्यकता र लाखौ जनताको योगदान छ । माओवादीको देनको कारण आजको यत्रो उपलब्धि भयो । कम्जोर बनाएर पार्टी एकता गर्ने कुरा भनेको त परिवर्तनलाई स्वीकार नगर्नु होईन र ?

जनयूद्ध शब्द पार्टीको विधानमा नराख्ने कुरा एमालेका नेताहरुले गर्न थालेका छन् नि ?

जनयूद्ध शब्द किन नराख्ने ? प्रतिफल सबैले खाने अनि स्वीकार नगर्ने पनि हुन्छ ? जनयूद्धको भूमिका किन स्वीकार नगर्ने हुन्छ ?

एमालेमा माओवादी मिसिन जादैछ हो ?

यो त तपाईको कुरा भयो ।

जनता र माओवादी नेताकार्यकर्ताले भन्न थालिसके नि ?

हिजो माओवादी नि पहिलो पार्टी थियो । आजद काँग्रेस सत्ता बाहिर छ । एमाले पार्टी चुनावको धाक नदिदा हुन्छ । माओवादी विचार बोकेको पार्टी हो । ऐजेण्डा सफल बनाएको पार्टी हो । परिवर्तनलाई संस्थागत गर्नको लागि एमाले पार्टी स्वीकार गरेको हो ।

एमालेको बहुदलिय जनवादलाई माओवादीले मान्न सक्दैन ?

हामीले नमानेको होईन । माओवाद र जबजलाई एकता पछि छलफलको विषय बनाउने भनिएकै छ नि ।

एमाले जबजको दृष्टिकोण आजको दिनमा पनि उत्तिकै आवश्यक छ भनिरहेको छ ?

गणतन्त्र जबजले ल्याएको हो र ? माओवादले गणतन्त्र ल्याएको हो ।

स्व.पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको कारण गणतन्त्र आएको हो भन्नेहरु पनि छन् नि ?

बेकार कुरा हो । १० वर्षिय जनयुद्धले ल्याएको हो । राजतन्त्रको बेलामा शान्तिवाटिकामा एमाले काँग्रेसका कति नेता कार्यकर्ता हुन्थे ? आज माओवादी पार्टी टुक्रेको कारण हेप्न खोज्ने ? गण्तन्त्रको स्थापना गर्ने पार्टी माओवादी हो । गणतन्त्र ल्याएर आज शक्तिशाली प्रधानमन्त्री ओली बन्नु भएको छैन् ? यो परिर्वतन स्वीकार गर्ने अनि योगदानलाई भुल्ने पनि हुन्छ ?

एमाले पार्टीले माओवादीले तपाईहरुलाई ६०-४० को भाग दिएकै हो नि ?

एमालेले हामीलाई दिएको होईन । हामीले उसलाई उसले हामीलाई दिएको हो । दोहोरो कुरा हो ।

पार्टी एकतामा जादा ६०-४० लाई किन स्वीकार गर्नु हुँदैन ?

किन स्वीकार गर्ने ? पार्टी एकता समानताको आधारमा हुुनुपर्छ । समान आधारमा एकता हुन्छ । बराबरी हैसियत छ । दुईवटा ठूला पार्टी हुन । प्रचण्डले पनि समानताका आधारमा हुनुपर्छ भन्नेमा हुनुहुन्छ ।

अहिले नै आलोपालो कुरा गर्न थाल्नु भएको छ नि ?

अहिले त फरक फकर पार्टी छौं , अनि आलोपालो र जिम्मेवारीको कुरा आउँदैन ?

केपी ओली शर्मा पाँचवर्षको लागि प्रधानमन्त्री बन्नु भएको हो नि ?

उहाँ १० वर्ष नै हुनुहोला । फरक पार्टी भएको बेला जिम्मेवार बाँडफाड हुनुपर्छ ।

एकता रोकिनु भित्रि कारण के हो ?

एमालेका नेताहरुले माओवादीलाई गलाएर, फकारएर, विलय गराउन खोज्दै छ । सहिलै माओवादीहरु गल्दैनन् । थाक्दैनन् । विगतका धेरै दिनमा यस्ता तयारी भएकै हुन ।

आजको दिनमा ठोस् आधिकारीक धारणा आउछ त ?

आउनु पर्छ । एमाले माओवादी दुवै सकिने हो भने फरक बाटो रोजे भयो । जनताले दिएको जनमतको कदर गर्नको लागि अघि बढ्नुपर्छ । वाम एकताको कुराले नै आजको जनमत आएको हो ।

माओवादीको केन्द्रीय समितिको वैठक आज बस्दैछ नि ?
हो ।

के के हुन्छ वैठकमा ?

एकताका बारेमा आएका धारणाहरुको बारेमा छलफल हुन्छ । एकताको बारेमा कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।

एकताको लागि समस्या चाहि के बन्यो ?

एमाले पार्टीले माओवादीको अस्तित्व स्वीकार गर्न नसक्नु नै समस्या हो । समान रुपमा माओवादीको अस्तित्व स्वीकार दगर्न नसक्नु नै आजको मुल समस्या हो । एमालेमा अंहकार जन्मीयो । त्यहि भएर एकताको दुरी बढेको हो । ०६४ मा माओवादी जित्यो ।

त्यतिबेला देखाएको अहंकारले माओवादी कम्जोर बन्यो । आज एमाले पार्टीले त्यहि गरिरहेको छ । सकिन्छ । अध्यक्षमा समान भईसकेपनि केन्द्रीय कमिटि पनि उत्तिकै समान हुनुपर्छ । कसले कसलाई दिने भन्ने कुरै होईन । हामीहरु भिखमंगा हो र ? एकता समान आधारमा हुनुपर्छ ।

आजको दिनमा माओवादी तेस्रो दलको रुपमा छ नि ?

एमाले ०६४ मा कुन स्थानमा थियो ? त्यतिबेला एमालेको हालत के थियो ? यस्ता अहंकारी कुरा कसैले गर्न मिल्दैन । एमाले भित्र अहंकार खुब छ । यसले एमालेलाई नै असर गर्छ । पार्टी एकताको नाममा आएको भोट हो । जनमतलाई धोका र अपमान गर्न मिल्छ ? कसैले कसैलाई गलाउने, फकाउने, दिने लिने जस्ता कुरा गर्नु हुँदैन । एकता महाधिवेशन पछि जे हुन्छ हुँदैजान्छ ।

एकता पछि प्रचण्ड अध्यक्ष बन्ने चाहना राख्नु भएको छ रे नि त ?

अहिले नै त्यस्तो भन्नु भएको छैन् । एकता भईसकेपछि सरकारको जिम्मेवारी एउटाले लिने । पार्टीको जिम्मेवारी एउटाले लिने भन्या न हो । सहमतिका आधारमा एकता महाधिवेशनमा जाने भनेकै हो ।

एकता कहिले होला त ?

एकता त हुन्छ । एमालेको लागि एकता झन आवश्यकता छ । त्यो कुरा एमालेले बुझेको छ । एकताको कारण एमालेलाई जनमत आयो । यसका बारेमा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवार बन्नुपर्छ । जनमत ओलीले स्वीकार गर्न सक्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्