Logo

होटल सांग्रिलाको सुइट रुम तेन्जिङ नोर्गे शेर्पाको नाममा



काठमाडौं, १४ बैशाख । होटल सांग्रिलाको सुइट रुमलाई तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्मान स्वरुप सो नामाकरण गरिएको हो ।

सांग्रिला होटलमा बिहिबार आयोजित कार्यक्रममा तेन्जिङ नोर्गे रुमलाई होटल सांग्रिलाका अध्यक्ष श्याम बहादर पाडेँ र तेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बुृ तेन्जिङ शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यसैगरी, होटल सांग्रिलाको अर्को सुइट रुमलाई अर्का प्रथम आरोही सर एडमण्ड हिलारीको नाममा सर्मपण गरिएको छ । उक्त सुइटलाई उनको छोरा पिटर हिलारी र छोरी सारा हिलारीको स्वीकृति प्राप्त भइसकेकोले उनीहरुको उपस्थितिमा अनावरण गरिने बताइएको छ ।

शेर्पा र हिलारीको नाममा अनावरण गरिएको सुइट रुमलाई लक्जरियस तर मौलिक साम्रागीको प्रयोग गरि आन्तरिक सजावट गरिएको छ । ‘यी रुमहरुमा पाहुनाहरुलाई उच्च र अत्याधुनिक सेवा दिनेछौ र पाहुनाहरुले शेर्पा र हिलारीका प्रथम सगरमागा आरोहणका तस्विरहरु तथा लेखहरुको आनन्द लिन सक्नेछन्’ सांग्रिला होटलले पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

तेजिङ्ग नोर्गे शेर्पाले विस १९३० देखि नै हिमालयको पथ प्रदर्शकको रूपमा अतुलनिय योगदान दिदै विश्वभरका हिमाल आरोहीहरुलाई पथप्रदर्शन गरेका थिए । यसै क्रममा सर एडमण्ड हिलारीसँग विश्वको सर्वोच्च शिखर आरोहण गरि विश्व सामु अविस्मरणीय कार्य गरेवापत राजा त्रिभुवनले ‘स्टार अफ नेपाल पहिलो’ बाट विभुषित गरेका थिए । यसैगरी, उनी इग्लैण्डका महारानी एलिजावेथ द्धितियबाट जोर्ज मेडल र राज्याभिषेक पदकबाट पनि सम्मानित भएका थिए ।

सन् २०१५ मा टाइम पत्रिकाले २० औ शताब्दीसम्मको १०० औं प्रभावशाली व्यक्ति मध्येको एक भनि प्रकाशित गरेको थियो भने अन्तराष्ट्रिय खागोलिय संघले प्लुटो ग्रहमा पाइएको उच्च शिखर श्रृंखलाको नामलाई श्री तेन्जिङ्ग नोर्गेको नाम दिएको थियो ।

सन १९७० को दशकको सुरुवात देखि नै होटल सांग्रिलाले नेपालको पर्यटनँसंग आवद्ध विभिन्न व्यक्तित्वहरु श्री डेसमोण्ड डोइग, श्री टोनी हेगन, श्री तेन्जिङ्ग नोर्गे शेर्पा, सर एडमण्ड हिलारी, श्री एलिजावेथ हली, श्री बोरिस लिसानाभिजसँंग आवद्ध भई काम गर्दै आएको छ ।

डेसमोण्ड डोइगले सर एममण्ड हिलारीलाई सन् १९६० को आरोहणमा साथ दिएका थिए । उनीहरु नेपालको खुम्बु जिल्लामा विकासका कार्यक्रम शुरु गर्नु पर्छ भन्ने विषयमा कुरा उठाउने व्यक्ति हुन् । यसैको फलस्वरुप खुम्बु क्षेत्रमा स्कुलका भवन र मिङ्गमोमा हवाईमार्ग बन्यो । तेन्जिङ्ग नोर्गे शेर्पाको सम्पूर्ण परिवारहरुँंग सम्बन्ध यस होटल सांग्रिला संग अघि देखि अहिलेसम्म सुमधुर रहेको छ ।

सन १९५३ को सफल आरोहण पछि नै नेपालको सम्रग पर्यटन विकासमा ठूलो क्रान्ति भएको हो । उक्त कार्यले गर्दा हिमाल आरोहण गर्नको लागि अरुलाई उत्प्रेरित गरेको पाइन्छ । उक्त पर्यटनको अभुतपुर्ण विकासले काठमाडौं उपत्यका र सगरमाथा जाने पर्यटकीय बाटोहरुमा विभिन्न प्रकारका स्थानिय व्यापारलाई अवसर प्रदान गर्यो ।

विशेषत नाम्चेमा जसलाई सगरमाथाको ढोकाको रुपमा चिनिन्छ । अहिले निकै नै विकास भएको छ भने स्थानीय बासिन्दाको जिवन स्तरमा सुधार हुनका साथै उनीहरुको आयमा पनि बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot