Logo

कानूनमन्त्रीले रिपोर्टर्स क्लबमा बोल्दा संसद अवरुद्ध



काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसद अवरुद्ध पारेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै सरकारमा सहभागी हुन गरेको भागवण्डाको आह्वानप्रति आपत्ति जनाउँदै सदनमा जवाफ माग गरेको छ ।

संसदलाई कमजोर बनाउँदै प्रमुख प्रतिपक्षी दल संसदमा नहोस् भन्ने दृष्टिकोणबाट मन्त्री तामाङको अधिनायकवादी प्रवृतिको अभिव्यक्ति आएको भन्दै कांग्रेसले सदनमा मन्त्रीको जवाफ माग गरेको छ।

सम्बन्धित समाचार

कांग्रेस निरीह बनेर सरकारसँग अंश खोज्यो : कानूनमन्त्री तामाङ

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दललाई मन्त्री तामाङले सरकारमा आउनका लागि गरेको भागवण्डाको आह्वानप्रति घोर आपत्ति जनाइन्।

उनले कांग्रेस संसद छोडेर बाहिर नजाने चेतावनी दिइन्। उनले भनिन्, ‘कांग्रेस संसदलाई बलियो गराउन चाहन्छ । प्रमुख प्रतिपक्षी दलको रूपमा प्रभावकारी भूमिका खेल्न चाहन्छ। यही सदनमा बसेर हामी जनताको आवाज उठाउन चाहन्छौं । हामी यो सदनलाई छोडेर बाहिर पनि जान चाहन्नौं । हामी यो सदन छोडेर बाहिर सडकमा गएर रेलिङ भाँच्न पनि चाहन्नौं । हाम्रो लोकतन्त्रले हामीलाई त्यो सिकाएन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot