Logo

ओली, प्रचण्ड र नेम्वाङको निर्देशनमा जोशीबारे भोली ऐतिहासिक निर्णय हुन्छ : गुरुङ



-पार्वत गुरुङ, सदस्य, संसदीय सुनुवाई समिति

प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि सोमबार संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिए । पार्टीको धारणा बनेको छैन भनेर कांग्रेसका सांसदहरु बैठकमा नबसेपछि निर्णय हुन नसकेको हो । १६ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ । अब भोलीको निर्णय के हुन सक्छ ? अहिलेसम्म किन निर्णय हुन सकेन ? यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले संसदीय सुनुवाई समितिका सदस्य पार्वत गुरुङसँग कुराकानी गरेका छन् । उनीसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्ततु गरिएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे किन निर्णय गर्न सक्नुभएन ?
निर्णय गर्न नसकिएको होइन । सबैको समझदारी र सहमतिबाट गराँै भनेर ढिला भएको हो । समितिमा रहेका नेपाली कांग्रेसका सासंदहरुको पनि सहमतिपछि १६ गते निर्णय गर्छौँ ।

यति धेरै दिनसम्म प्रधानन्यायाधीशको बारेमा किन निर्णय हुन सकेन ?
विधि र प्रक्रियाअनुसार चलिरहेका छौँ । हामीले एकदमै परिपक्व निर्णय गर्दैछौँ । हाम्रो एउटा निर्णयले देशमा स्थायी बाटो निर्माण हुन्छ । दुई चार दिनको ढिलाईले धेरै प्रभाप परेको छैन ।

कांग्रेसका कारण निर्णय गर्न ढिलाई भएको हो ?
हो ।

भनेपछि अब कांग्रेससहितको सहमतिमा जोशीको बारेमा के निर्णय हुन्छ त ?
स्विकृत वा अस्विकृत जे गरे पनि सर्वसम्मतबाट नै गरौँ भन्ने संसदीय सुनुवाई समितिको प्रयास छ । कांग्रेससँग सहमति हुन सकेन भने दुई तिहाई बहुमतले निर्णय गछौँ ।

पार्वत गुरुङ, सदस्य, संसदीय सुनुवाई समिति

दिपकराज जोशीलाई स्विकृत गर्नुहुन्छ कि अस्विकृत ?
यसमा मेरो व्यक्तिगत कुरा हुँदैन । यो विषयमा हामी १६ गते नै निर्णय सुनाउँछौँ । जनताले पनि ढिलै गर्नुस् तर परिपक्व निर्णय गर्नुस भन्ने सन्देश दिएका छन् । यो समितिको महत्व कति छ भन्ने कुरा यसपटकको निर्णयले स्थापित गराउँछ ।

तपाईको पार्टी नेपाल कम्युनिष्ट पार्टीको दृष्टीकोण चाँही के छ त ?
पार्टीले यसबारेमा कुनै निर्णय गरेको छैन ।

तर जोशीलाई अस्विकृत गर्नका लागि निर्देशन दिएको छ भन्ने चर्चा छ नि ?
त्यस्तो कुने ह्विप वा निर्देशन अहिलेसम्म आएको छैन । तपाईहरुको विवेकअनुसार काम गर्नुस भन्ने सन्देश आएको छ ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै जोशीलाई अस्विकृत गर्न दबाब दिएको भन्ने सुनिन्छ नि ?
ओली, प्रचण्ड र उपनेता सुवास नेम्वाङलाई हामीले दिपकराज जोशीले दिएको जवाफबारे जानकारी गराएका थियौँ । त्यसबेला उहाँहरुले थप सरसल्लाह गरेर निर्णय गरौँला भन्नुभयो । भोली ऐतिहासिक निर्णय हुन्छ ।

ऐतिहासिक निर्णय भनेर केलाई भन्न खोज्नुभएको ?
मैले अहिले नै व्यक्तिगत रुपमा बोल्न मिल्दैन । पार्टीले जे लाइन दिन्छ त्यहीअनुसार काम गर्ने हो । हामी पार्टीको निर्देशनबाहिर जान सक्दैनौँ ।

सम्बन्धित समाचार : 

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी



प्रतिक्रिया दिनुहोस्

Screenshot