Logo

तेस्रो लिंगीको गाइजात्रामा यस्तो रौनक, दर्शक हेरेको हेर्यै (भिडियोसहित)



भदौ ११, काठमाण्डौ । गाई जात्राको अवसरमा तेस्रो लिंगीले पनि विशेष कार्यक्रमको आयोजना गरेका थिए ।

केही वर्षदेखि काठमाडौंमा समलिंगी तेस्रोलिंगी समुदायले पनि गाइजात्रा मनाउँदै आएका छन् । उनीहरुले पनि यस दिनलाई आफ्नो चाडको रुपमा मनाउने गर्छन् । नील हिरा समाजको आयोजनामा काठमाडौंको ठमेलदेखि बसन्तपुरसम्म समलिंगी तेस्रो लिंगी समुदायले विभिन्न बाजागाजा बजाउँदै नाचगान गरेर गाइजात्रा मनाएका थिए ।

गाईजात्रामा सयौँ लैङिगक अल्पसङ्ख्यकका साथै हेर्नेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । लैंगिक अल्पसङ्ख्यकहरूको पारिवारिक स्वीकार्यतामा केन्द्रित यो प्रदर्शनको उद्देश्य लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई सर्वप्रथम परिवारले नै स्वीकार गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु भएको बताइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot