Logo

विमस्टेक शिखर सम्मेलनबारे पूर्वप्रधानमन्त्रीहरुको प्रतिक्रिया, कसले के भने ?(भिडियोसहित)



काठमाडौं, १४ भदौ । नेपालका पूर्वप्रधानमन्त्रीहरुले आजबाट काठमाडौंमा सुरु भएको चौथो विमस्टेक शिखर सम्मेलनमा बोल्ने सदस्य राष्ट्रका प्रमुखहरुले राम्रो कुरा बोलेको प्रतिक्रिया दिएका छन् ।

विमस्टेक शिखर सम्मेलनलगत्तै पत्रकार ऋषि धमलाले प्राईम टेलिजिनको कार्यक्रम ‘जनता जान्न चाहन्छनमा” लिएको प्रतिक्रियामा नेपालका पूर्वप्रधानमन्त्रीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै

पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

विमस्टेक सम्मेलन बडो सफलतापूर्वक सम्पन्न भएको मैले महशुस गरें । सबै हेड अफ द स्टेट र हेड अफ द गभर्मेन्टहरुले कन्कृट रुपमा आफ्ना भीजनहरु राख्नुभएको छ । त्यसले एउटा कम्प्रिहेन्सिभ सोच (यो बेअ अफ बंगाल क्षेत्रमा) बन्छ ।

कनेक्टिभीटीको क्षेत्रमा केही ठोस उपलब्धि हाँसिल गर्न सकिने उत्साह देखिएको छ । आजको उहाँहरुको स्टेटमेन्टलाई मैले बडो उत्साहवद्र्धक रुपमा लिएको छु ।

शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस

सबैले राम्रो बोल्नुभएको छ । विकास र समृद्धिमा विम्स्टेक राष्ट्रहरु अघि बढ्छन् ।

माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता, नेकपा

सबैले आ आफ्नो कुराहरु सुनाउनुभयो । उहाँहरुले विमस्टेकप्रति आफ्नो कमिटमेन्टपनि व्यक्त गर्नुभयो । यसलाई अझै स्ट्रेन्थेन गर्ने र यो रिजनलाई अझै ईन्ट्रीगे्रट गर्ने धारणा र सोचहरुपनि राख्नुभएको छ । यसकारण विमस्टेक सम्मेलन सफल भएको छ । यो अभियानलाई अझै अगाडि बढाएर लैजानुपर्छ ।

आर्थिक समृद्धिको लागि विमस्टेक सदस्यहरु सहकार्यमा जानुपर्छ । सबैको हित त्यसैमा छ । जति धेरै यो क्षेत्रमा कनेक्टिभीटी बढ्छ, त्यति नै धेरै यो क्षेत्रका जनताहरुलाई फाईदा हुन्छ । नेपालले पनि आफ्नो लाभ उठाउन सक्छ ।

झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता नेकपा

विमस्टेक सम्मेलन बडो सफलतापूर्वक काठमाडौंमा सुरु भएको छ । यसले १४ वटा क्षेत्रहरुमा विमस्टेक सदस्य देशहरुसँग सहकार्य गर्ने कुराहर अगाडि सारेको छ । यी १४ वटा क्षेत्रहरुलाई ठीक ढंगले अगाडि बढाउने हो भने यो क्षेत्रको समृद्धि हाँसिल गर्न सकिन्छ । विमस्टेक स्थापना भएको २१ वर्र्ष भयो ।

स्थापना भएको यतिका वर्षको ईतिहाँस हेर्दा प्रगति भने सन्तोषजनक छैन । तर, यो सम्मेलन एउटा नयाँ परिवेशमा सम्पन्न भएको छ । यसमार्फत नयाँ कमिटमेन्टहरुपनि आएका छन् । हामी हेरौं यसले नयाँ गति लिँदैछ । हामी आशा गरौं अहिले गतिमा तिव्रता आउनेछ ।

खिलराज रेग्मी, पूर्व अध्यक्ष, अन्तरिम मन्त्रिपरिषद

यो सम्मेलनमा ७ वटै राष्टका राष्ट्राध्या र सरकार प्रमुखको मन्तव्य आयो । यस सम्मेलनलाई कनेक्टिभीटी, आईटी, रोडलाई बढि महत्व दिईएको छ । आगामी दिनमा यो सम्मेलन सहज वातावरणबाट अघि बढ्छ । बंगालका खाडी क्षेत्र अब सकारात्मक रुपमा अघि बढ्छ । बोलेका कुराहरु कार्यान्वयन गर्न चूनौतिहरु त धेरै हुन्छन् । समृद्धिको यात्रा अघि बढाउन ईन्टर कनेक्शनलाई अघि बढ्छ भन्ने विश्वास छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot