Logo

नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सम्झौता



काठमाडौं, ४ असोज । ललितपुरको भैसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल र भक्तपुरको ठिमीमा अवस्थित् मध्यपुर अस्पतालबीच विशेष सम्झौता भएको छ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा. रामकृष्ण श्रेष्ठले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले उक्त सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले जनाए ।

दुइ अस्पतालबीच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिनेजस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल अस्पतालबीचको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको रिमालको भनार्य छ ।

प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा मध्यपुर अस्पतालका अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गरे ।

अरबौ रकम खर्चिएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान रहनेमा नेपाल मेडिसिटीका महाप्रबन्धक रिमाल ढुक्क छन् ।

सम्झौता अनुसार सम्भव भएका उपचार मध्यपुर अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot