Logo

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता



काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गरेका छन ।

उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको जनाईएको छ। साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अझै क्रियाशील तुल्याउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी गराएका छन ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्रीहरु त्यहाँ रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot