Logo

मेस्सीको नयाँ किर्तीमानी



काठमाडौं,३० पुस । अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सी स्पेनिस लिग फुटबलमा चार सय गर्दे कीर्तिमानी राख्न सफल भएका छन ।मेस्सी ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन उनले ४ सय गोलको कीर्तिमान बनाउन ४ सय ३५ खेल खेलेका छन् । युरोपको कुनै एउटै लिगमा ४ सय गोल गर्ने मेस्सी पहिलो खेलाडी बनेर रेकड बनाएका छन ।

युरोपको शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले ४ सय ९ गोल गरिसकेका छन् ।रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot