Logo

युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछः मुख्यमन्त्री



हेटौँडा,२४ माघ । राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बताउनुभयो । उहाँले राष्ट्रलाई सफलताको गन्तव्यमा पु¥याउन युवा शक्तिले पहल गर्नुपर्ने विचार राख्नुभयो । स्वदेशमा बसेर काम गर्न लाज वा धक मान्ने प्रवृत्ति हटाउनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले विदेशमा जस्तोसुकै काम गर्ने तर आप्mनो देशमा कृषिमा काम गर्न लजाउने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले युवाले भान्सादेखि दैनिक जीवनमा आइपर्ने हरेक कार्य गर्न आफूलाई सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका युवा उद्यमी सहभागी रहने युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्