Logo

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना



काठमाडौँ,२५ माघ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ । उहाँको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहनुभएको छ । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot