Logo

ओलीलाई प्रचण्डको आवश्यकता महसुश भएपछि सहमति भयो : देवेन्द्र पौडेल



देवेन्द्र पौडेल, नेता, नेकपा

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको विवाद टुङ्गिएको दावी गरिएको छ । सरकारप्रति दाहालले तिब्र असन्तुष्टी व्यक्त गरेपछि सुरु भएको मनमुटाव लामो छलफलपछि साम्य भएको बताइएको छ । ओली र दाहालबीच कसरी भयो त सहमति ? यस विषयमा ऋषि धमलाले नेकपाका नेता देवेन्द्र पौडेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

नेकपाभित्रको विवाद समाधान कसरी गर्नुहुन्छ ?
विवाद समाधानका लागि आपसी मेलमिलाप, वैचारिक विषयहरुमा आन्तरिक लोकतन्त्रसहितको छलफलको जरुरी हुन्छ । अब महाधिवेशनलाई लक्षित गरेर पुराना सोच विचारलाई त्याग्नुपर्छ । अब हाम्रो पार्टीले देश र जनताको निम्ती केन्द्रित हुने हो भने विवाद कम हुन्छ ।

केपी ओली र प्रचण्डबीच देखिएको विवाद कस्तो हो ? अहिलेको अवस्था के छ ?
अहिले तत्कालका लागि विवाद हल भएको देखिएको छ । तर सोचाई र दृश्टीकोणहरु फरक फरक नै भएकाले आगामी दिनमा पनि फेरी विवाद र बहस हुन सक्छ । तर हाललाई चाँही विवाद साम्य भएको छ । तत्कालका लागि सबै विषयवस्तुमा मिलेर कार्यसम्पादन गर्ने सहमति भएको हो ।

कसरी भयो सहमति ?
हामी अहिले इतिहासको जटिल मोडमा छौँ । यो मोडमा केपी ओली र प्रचण्ड दुवैले आफूहरु मिलेर जानुको विकल्प नभएको भन्दै सहमति गरिएको हो । अहिलेको अवस्थामा सहजीकरणका लागि प्रचण्डको आवश्यकता ओलीले महसुश गरेकाले सहमति भएको हो ।

पार्टी नै फुट्ने हो कि भन्नेसम्मको आशंका उब्जिएको थियो हैन ?
अँ, पार्टीको सबै संगठनहरुको एकता नभइसकेको अवस्थामा कतै पार्टी नै फुट्ने हो कि भन्ने आशंका थियो । फुट र कलह नै बेहोर्नुपर्ने हो कि भन्ने आशंका नेपाली जनतामा थियो । अहिलेलाई यो आशंका सकिएको छ ।

अब भविष्यमा ओली र प्रचण्डको विवाद होला कि नहोला ?
यस्ता विषयहरु व अवस्थाहरु भ्विष्यमा आउँदैनन् भन्ने होइन । तर अहिले हाललाई दुवै अध्यक्षले एकअर्काको बचाउमा लाग्नुपर्छ । पार्टी र सरकार दुवैलाई बचाउ गर्नुपर्छ । पार्टी एकता प्रक्रिया पनि बाँकी छ । यस्तो अवस्थामा दुई जनाको सहमति पनि एकअर्काको बचाउन गर्ने भन्ने नै छ ।

यो सरकारले गरेका कमी कमजोरीलाई पनि अब प्रचण्डले बचाउ गर्नुहुन्छ ?
जनताले थाहा पाउने गरी गम्भीर प्रकृतिका कमी कमजोरी भए भने त सम्बन्धित पात्रले नै जिम्मेवारी लिनुपर्नेहुन्छ । प्रचण्डले बचाएर मात्रै हुँदैन । अहिले पनि अरु नेताले भन्दा बढि बचाउ प्रचण्डले नै गर्दै आउनुभएको छ ।

अब प्रचण्ड कतिञ्जेलसम्म ओलीको पछि लाग्नुहुन्छ ?
यो पछि लाग्ने भन्ने कुरा होइन । सहकार्यको कुरा हो । एकअर्काको आवश्यकता महसुश भएर जसरी एकता गर्नुभयो त्यसलाई अहिले पनि मनन गर्नुपर्छ । एएटै जाहाजको दुईजना पाइलट हुन सहज छैन । त्यसैले अझै पनि एकले अर्काको आवश्यकता महसुश गरेर जिम्मेवारी बोध पनि गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot