Logo

बाँसबारी र टुुसाल क्लबबीचको खेल बराबरी



काठमाडौँ, २९ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगता अन्तर्गत आज भएको पहिलो खेलमा बाँसबारी क्लब र टुुसाल युथ क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ ।

सातदोबाटोेस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बाँसबारी र टुसाल क्लबबीचको खेल दुई÷दुई गोलको बराबरीमा समाप्त भएको हो । खेलमा पहिलो अग्रता भने बाँसबारीले लियो । खेलको ११औँ मिनेटमा बाँसबारीका अनुज भण्डारीले पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै बाँसबारीका अर्का खेलाडी सुजन लिम्बूले खेलको पहिलो हाफको १४औँ मिनेटमा थप एक गोल गरे । यता टुसाल क्लबका लागि खेलको पहिलो हाफको २४औँ मिनेटमा युवराज ढकालले एक गोल गरे । टुसालका अर्का खेलाडी मनिस सेढाईंले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल गरेपछि खेल दुई दुई गोलको बारबरीमा टुङ्गियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot