Logo

प्रदेश ३ स्तरीय खेलकूद प्रतियोगिता चितवनमा



चितवन, ३ फागुन । प्रदेशस्तरीय खेलकूद प्रतियोगिताअन्तर्गत प्रदेश नं ३ को खेल फागुन ६ गतेदेखि चितवनमा हुने भएको छ । भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

जिल्ला खेलकूद विकास समिति चितवनले बिहीबार गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गङ्गालाल लामाले प्रदेश खेलकूद परिषद्को आयोजनामा प्रतियोगिता हुनलागेको जानकारी दिनुभयो । चितवनमा एथलेक्टिस र उसु खेल हुनेछन् । अन्य खेल प्रदेश नं ३ कै विभिन्न जिल्लामा आयोजना हुने गरी खेलको संयोजन गरेको खेलकूद विकास समिति चितवनले जनाएको छ ।

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोटका लागि प्रदेशस्तरमा खेल हुन लागेका हुन् । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल नुवाकोटमा, महिला फुटबल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, बास्केटबल, टेबलटेनिस, लनटेनिस काठमाडौँमा हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि जिल्लाबाट १९९ खेलाडी छनोट भएका छन् । चितवनमा हुने एथलेक्टिस प्रतियोगितामा प्रदेशका २६० खेलाडी सहभागी हुनेछन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot