Logo

पशुपति शर्मामाथि अर्का गायक आनन्द कार्कीको यस्तो प्रहार (भिडियोसहित)



भ्रष्टाचार गरेरै भए पनि नेताहरुले महलमा बस्नुपर्ने अनौठो तर्क

फागुन १०, काठमाण्डौ । गायक आनन्द कार्कीले पशुपति शर्माले गाएको लुट्ेन सके लुट कान्छा बोलको गित उचित नभएको प्रतिक्रिया दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गायक कार्कीले देशमा हुँदै नभएका कुरालाई गितमा जबरजस्ती हालिएको आरोपसमेत लगाए ।

गितमा सम्मान र आदर हुनुपर्नेमा विशिष्ट व्यक्तिहरुलाई अनावश्यक आरोप लगाईको कार्कीको ठहर छ । राष्ट्रपति र प्रधानमन्त्रीमाथि लगाइएको आरोपप्रति आफ्नो विमति रहेको कार्कीको भनाई छ ।

शर्माले गित लेख्दा ध्यान नपुर्याएको कार्कीको आरोप छ । कार्कीले प्रधानमन्त्री केपी ओलीले राम्रो काम गरिरहेको दावी गरे ।

नेता तथा कर्मचारीहरुले भ्रष्टाचार गरेर सुखी जीवन विताउन पाउनु भाग्यको कुरा भएकोसमेत कार्कीले बताए । भ्रष्टाचार गरेरै भए पनि नेताहरुले महलमा बस्नुपर्ने अनौठो तर्क कार्कीले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्