Logo

एघार अर्बको ट्रेजरी जारी हुँदै



काठमाडौँ, १७ फागुन । नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी टे«जरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३ गते पनि रु दुई अर्ब २३ करोड बराबरको ९१ दिने टे«जरी बिल बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot