Logo

दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु



काठमाडौं १८ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राती दुर्घटना भएको हो ।

दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ ।

उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको थियो ।

घटनास्थल निकै भिरालो रहेको र रात पनि परेकाले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot