Logo

रामेछाप दुर्घटनाका घाइतेहरुलाई मेडिसिटी अस्पताल ल्याईयो



काठमाडौं, २२ फागुन । रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा आँफैले चलाएको स्कोर्पियो दुर्घटनामा घाईते भएका रत्न बहादुर नेवारलाई ललितपुरमा रहेको नेपाल मेटिसिटी अस्प्तालमा भर्ना गरिउको छ ।

उनका भाई श्याम बहादुर नेवार तथा बाटोमै भेटिएकी मञ्जु थापा र उनकी छोरी दुर्घटनामा परेका छन् । रत्नका अनुुसार दुुर्घटना दिउँसो २ बजे भएको हो ।

रामेछाप अस्पतालमा उपचारका लागी लगिएका घाइतेहरुलाई ह्ेलिकोप्टरबाट काठमाण्डौको नेपाल मेडीसिटी अस्पतालमा ल्याइएको छ । रत्न बहादुरको कम्मर मुनीका भागहरुमा चोटपटक लागेको छ भने मञ्जु थापाको खुट्टा भाँचिएको छ । त्यस्तै श्यामबहादुर नेवार घाइतेहरुमध्ये केही जटिल अवस्थामा रहेका छन्।

अस्पतालका आकस्मिक विभागका प्रमुख डा.सञ्जय कार्कीले सबै घाइतेहरुलाई अहिले आकस्मिक कक्षमै राखेर उपचार गरिरहेको र खतरामुक्त रहेको जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot