Logo

नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल



चैत २०, काठमाण्डौ । नेकपाको एकता प्रकृया लम्बिदै जादा पार्टिभित्रका गुटहरु बलिया र सकृया बन्दै गएका छन । पुर्व एमाले र पुर्व माओवादीमा रहेका गुटहरु पार्टी एकतापछी अझै झाङ्गिदै गएको छ । सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउने जिम्मा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई दिइए पनि सहमति जुट्न नसक्दा प्रक्रिया अड्किएको हो ।

एकताको घोषणा गरेको एक बर्ष पुग्नै लागे पनी अझै एकता नटुङिदा सत्तारुढ दल नेकपामा गुटहरु सकृया बन्न थालेका छन । पुर्व एमाले र पुर्व माओवादी दुबै पक्षका गुटहरु चलायमान हुन थालेका हुन् । जसले सरकार आफ्नै पार्टिको भए पनी प्रतिपक्षको भन्दा चर्को भूमिका स्वयम पार्टिका नेताहरुले निभाउन थालेका छन ।

माधव नेपाल र झलनाथ खनालको छुट्टछुट्टै समुहले सरकारको आलोचना गर्दै आएको छ । त्यसैगरी भिम रावल, घनश्याम भुशाल, सुरेन्द्र पाण्डेय लगायतका दोस्रो तहका नेताहरु पनि सरकार बिरुद्द् आक्रमक बन्दै आएका हुन ।

एकता प्रक्रिया टुङ्गिन नसक्दा पार्टीभित्र अनुशासनहिन बढेको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अध्यक्षद्धय केपी ओली र पुष्प कमल दाहालले पनि सहमतिको विन्दु खोज्न नसक्दा पार्टीभित्र गुटगत राजनीति मौलाएको नेताहरु बताउँछन् ।

नेकपाभित्र मौलाएको गुटकै कारण युवा नेताहरु अलमलमा र ओझेलमा परेका छन । भागभण्डा मिलाउन र आफ्नो पक्षलाई बलियो पार्न नेताहरु सकृया हुँदा कतिपय युवानेता यता न उताको जस्तो भएका छन् । नेता गैरेका अनुसार पार्टी एक नहुँदा धेरै नेता कार्यकर्ता जिम्मेवारीबिहिन र बेरोजगार भएकाले पनि सरकारका सकरात्मक कामको सहि ढंगले प्रचार गर्न सकिएको छैन ।

माथिल्लो तहको एकता भएपनी नेकपाको तल्लो तहसम्मको पार्टी एकता नहुँदा पार्टी कार्यकर्ताहरु अलपत्र परेका छन । तामाझामका साथ गरिएको एकता प्रकृयाले तल्लो तहसम्मको बाटो नसमाउदा एकातिर गुट मौलाउदै गएको छ भने नेता तथा कार्यकर्ताहरु निराश हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot