Logo

धर्म निरपेक्षताको व्यानर च्यात्नुको रहस्य खोले कमल थापाले (भिडियोसहित)



वैशाख ७, काठमाण्डौ । राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको म्यान्डेट जनताको नभै विदेशी शक्तिको भएको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै थापाले ६२–६३ को जनआन्दोलनको म्यान्डेटविपरित संविधानमा धर्म निरपेक्षता उल्लेख गरिन जनताप्रति घात भएको बताएका हुन् ।

हिन्दु राष्ट्र खारेज गरिदा नेपाली समाजमा धार्मिक र सामाजिक खलल पुग्ने सम्भावना बढ्दै गएको थापाले बताए । पछिल्लो समय नेपाली समाजमा धर्म परिवर्तन गराउनेहरु सक्रिय हुनुको मुख्य कारण नै धर्म निरपेक्षता भएको थापाको तर्क छ ।

थापाले धर्म निरपेक्षताको खारेजी देशका लागि अति आवश्यक रहेकोसमेत बताए ।



प्रतिक्रिया दिनुहोस्