वैशाख १३, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपीओलीले ठट्टा मात्रै गर्न सिपालु भएको कटाक्ष गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले देशबाट भ्रष्टाचार अन्त्य गर्छु भन्ने ओलीको भाषण पनि ठट्टा नै भएको उनको तर्क थियो ।
भ्रष्टाचार गर्दिन र अरुलाई गर्न पनि दिन्न भन्ने ओलीकै पालामा वाइडबडी काण्ड, एनसेल काण्ड, ललिता निवास काण्ड जस्ता ठूला भ्रष्टाचार र अनियमितता भएको भट्टराईले बताए ।
पछिल्लो सयम त झन प्रधानमन्त्री ओलीकै निकट मानिने व्यक्तिहरु भ्रष्टाचार काण्डमा मुछिने गरेको उनले बताए ।
सत्तारुढ नेकपा भनाईमा कम्युनिष्ट भए पनि गराईमा कमाउनिष्ट भएको भट्टराइको आरोप छ । ओली र प्रचण्डले कम्युनिष्ट विचारलाई लत्याएर भ्रष्ट प्रवृत्ति देखाएको उनले बताए ।
डा. भट्टराईले मरिसकेको राजतत्त्र व्यूँतिने सम्भावना नरहेको स्पष्ट पारे ।