Logo

भारत र न्युजिल्याण्डले अंक बाँडे, इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै



जेठ ३१, काठमाण्डौ । विश्वकप क्रिकेटमा बिहिबारको खेल वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको खेल रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन् । वर्षाका कारण खल सुरु हुने निर्धारित ४ घण्टाभन्दा बढि समय गुज्रिदा सम्म सुचारु हुन नसकेपछि दुवै टोली १–१ अंक बाँड्न बाध्य भएका हुन् ।

बराबरीसँगै अपराजित रहेको न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक जोडेर शीर्षस्थानममा रहेको छ । अपराजित नै रहेको भारत ३ खेलमा २ मा जित निकाल्दै ५ अंक जोड्दै तेस्रो स्थानमा यथावत् छ । शुक्रबार विश्वकपमा इंग्ल्यान्ड र वेस्ट इनिडजविच खेल हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि साउथ ह्याम्पटनमा सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्