Logo

भीम रावल फेरिए, ओलीको प्रशंसामात्रै !



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् ।

केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् । सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ ।

रावलले पार्टी एकताको विषयलाई लिएर पनि पार्टी नेतृत्वले गम्भिरताका साथ काम गरिरहेको भनाई राखेका छन् । उनले अब स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने धारणा राखेका छन् ।

गृहजिल्ला अछाममा रहेका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई आज सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने दाबी गरेका हुन्।नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गरे ।

सुदूरपश्चिम र अछामको विकासका लागि आफूले निरन्तर संसद्देखि सरकारमा आवाज उठाइरहेको उनको भनाइ थियो । नेता रावलले नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot