Logo

ट्रम्पले मलाई यसरी गरे बलात्कार



अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको बताएका छन्। ट्रम्पले आफूले ई जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताएका छन्।

लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छन्। उनको लेख न्यूयोर्क म्यागजिनमा शुक्रवार प्रकाशित भएको छ। ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाहरूले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरिसकेका छन्।

लेखका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन्। उनका अनुसार त्यसबेला ट्रम्पले आफू ुएक केटीुको लागि उपहार किन्न आएको बताएका थिए।

त्यतिबेला करिब ५२ वर्षकी क्यारोल थिइन्। उनले ट्रम्पले आफूलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन्। उनीहरू लुगा फेर्ने कोठामा छिरेको उनलाई पाखुरामा समातेर ड्रेसिङ रुमतिर लगेको दाबी गरिन्।

‘ड्रेसिङ रुमको ढोका लगाएपछि उनी ममाथि जाइलागे, मलाई भित्तातिर धकेले। त्यतिबेला मेरो टाउको नराम्रोसँग ठोक्कियो र उनले जबरजस्ती आफ्नो मुख मेरो ओठमा राखे,’ क्यारोलले आरोप लगाइन् । ‘म चकित भएँ, उनलाई बेस्सरी धकेलेँ । उनले पुनः मेरो हात समातेर भित्तातिर धकेले। त्यसपछि उनले मेरो कोटमुनी हात पुर्याए र मेरो लेगिंग तल सार्न थाले। त्यसको केही क्षणमा नै सर्ट, टाइ, सुट ज्याकेट, ओभरकोट लगाएर चट्ट परेका यापारी आफ्नो ओभरकोट फुकाल्छन्, पाइन्टको चेन खोल्छन्, आफ्नो औंलालाई मेरो गुप्ताङ्ग वरिपरि दौडाउँछन् र आफ्नो यौनाङ्ग–आधा वा पूर्ण, म निश्चित छैन– मभित्र प्रवेश गराउँछन्।’

ट्रम्प मार्ला म्यापलसँग विवाहित थिए। क्यारोलले आफूले सो घटना दुईजना साथीहरूलाई सुनाएको र एकजनाले प्रहरीमा जान सुझाव दिएको बताएकी छन्। तर उनका अनुसार अर्को साथीले कसैलाई नभन्न भन्दै उनलाई भनेकी थिइन्, ुबिर्सिदेउ१ उसका दुई सय वकिल छन्। तिमीले जित्दैनौ।ु

ट्रम्पमाथिको आरोप क्यारोलले लेखेका छ वटा आक्रमणका आरोपहरू मध्येको एक हो। क्यारोलले ट्रम्प त्यस्तो गर्ने अन्तिम पुरुष भएको र त्यो घटनापछि आफूले कसैसँग यौनसम्पर्क नराखेको भन्दै लेख टुङ्ग्याएकी छन्।

ुमैले यो मानिसलाई आफ्नो जीवनका कहिल्यै भेटेको छैन,ु अमेरिकी राष्ट्रपतिले एक विज्ञप्तिमा भनेका छन्। उनले आफ्नो नयाँ पुस्तक बेच्न चाहेकी हुन् ( यसैबाट उनको उद्देश्य स्पष्ट देखिन्छ। यो उपन्यासको रूपमा बिक्री हुनुपर्छ।ु

ट्रम्पले डेमोक्र्याटिक पार्टीले क्यारोल वा न्यूयोर्क म्यागाजिनसँग सम्बन्ध बढाएको जानकारी भए ह्वाइट हाउसलाई सूचना दिन भनेका छन्। उनले पत्रिकालाई पनि मिथ्या समाचारसँग खेलेको आरोप लगाएका छन् । ट्रम्पको भनाइ छ, ुकुनै प्रमाण नभएको अवस्थामा यस्तो कुरामा विश्वास गर्नु मानिसहरूका लागि दुस्खद कुरा हो।ु एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot