Logo

किशोरीलाई जबरजस्ती करणी गरेर फरार युवक पक्राउ



ललितपुर, १७ असार । प्रहरीले जबरजस्ती करणी गरेर फरार अभियुक्तलाई पक्राउ गरेको छ । १२ चैत २०७५ मा कैलाली घर भई भैंसेपाटी बस्ने किशोरीलाई जबरजस्ती करणी गरी फरार २५ वर्षीय कुलबहादुर लिम्बूलाई महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार राति पक्राउ गरेको हो ।

लिम्बूलाई नख्खु दोबाटोबाटो पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।



प्रतिक्रिया दिनुहोस्