Logo

अभिनय छाडेर धर्मको बाटोमा



काठमाडौं, २० असार । बलिउडकी मुस्लिम अभिनेत्री १८ वर्षीया जाइरा वासिमले अभिनयले धर्मसँगको आफ्नो सम्बन्धलाई खतरामा पारेको भन्दै अभिनय त्याग्ने घोषणा गरेकी छन्।

आफ्नो आत्मासँग लामो समय लडाइँ लड्नुपर्ने यो यात्रा थकानपूर्ण रह्यो, उनले आफ्नो फेसबुकमा लेखेकी छन्।भारतीयहरूले उनको निर्णयमाथि तुरुन्तै प्रतिक्रिया दिएका छन् र धेरैले उनले अभिनय छोड्नुको कारणलाई आलोचना गरेका छन्।

सन् २०१६ मा अमिर खानसँग सुपरहिट चलचित्र दङ्गलमा अभिनय गरेपछि उनी चर्चामा आएकी हुन्।उनले सन् २०१७ मा दङ्गलको भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितेकी थिइन्। उनले सिक्रेट सुपरस्टारको भूमिकाका लागि पनि अवार्ड जितेकी छन्।

भारतको कश्मीरकी अभिनेत्रीले फेसबुकमा आफ्नो बलिउडमा सङ्घर्ष र धर्मसँगको सम्बन्धमा यसको प्रभावका बारेमा लामो पोस्ट लेखेकी छन्।

उनको पोस्ट भाइरल भएको र त्यसमा हजार‌ौँ प्रतिक्रिया र लाइक आएका छन्।जब मैले यहाँको कुरा बुझ्न थालेँ र मैले मेरो समय, मिहेनत र भावना दिएको कुराहरूको अर्थ खोज्न थालेँ एवम् नयाँ जीवनमा भिज्न प्रयास गरेँ तब बल्ल मलाई थाहा भयो कि म सायद यहाँ अटौँला तर यो मेरो स्थान होइन, उनले लेखिन्।

यहाँ मलाई धेरै माया, समर्थन र प्रशंसा पाएँ। तर म चुपचाप र थाहै नपाई इमान धार्मिक विश्वासे बाट बाहिरिएँ र यसले मलाई अनभिज्ञताको बाटोमा लग्यो।

मेरो इमानसँग नियमित दखल दिने वातावरणमा काम गरिरहँदा मेरो धर्मसँगको सम्बन्ध खतरामा पर्‍यो।

उनले आफ्नो कार्यक्षेत्रले आफूले धेरै जसो समयमा असुरक्षित स्थानमा पुर्‍याएको लेखिन्स् मेरो शान्ति, इमान र अल्लाहसँगको सम्बन्धलाई असर पुर्‍याउने गरी यो वातावरणको पीडित हुन सजिलो थियो।

वासिमको आगामी चलचित्र द स्काइ इज पिङ्कुु उनको अन्तिम चलचित्र हुन सक्नेछ। सो चलचित्रमा उनको साथ प्रियङ्का चोपडा छिन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot