Logo

को हुन् हिरासत तोडेर भाग्ने तीन अभियुक्त



ललितपुर, २४ असार । लागूऔषध र डकैतीको अभियोगमा ललितपुरस्थित भैंसेपार्टी प्रहरीले पक्राउ गरेको तीनजना अभियुक्तमध्ये एकजना लागूऔषध ओसारपसार र अर्का दुई डकैतीमा संलग्न भएकोमा छानविनमा परेका थिए । दुई हप्ता अघि पक्राउ परेका उनीहरुलाई पटक पटक म्याद थपेर राखिएको थियो ।

हिरासतमा रहँदा २३ असारको राति उनीहरु झ्याल काटेर भागे । झ्याल काटेर भाग्न सफल सञ्जीव माझी, रुद्रलाल श्रेष्ठ र रवीनकुमार तिमिल्सिना क्रमशः २८, २५ र २४ वर्ष उमेरका हुन् ।

हिरासतबाट फरार भएपछि उनीहरुको खोजी भइरहेको छ । घटनामा प्रहरीकै केही व्यक्तिले सहयोग गरेको हुनसक्नेबारे छानविन भइरहेको बुझिएको छ ।

हिसारतबाट अभियुक्त फरार भएपछि महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुक दबाबमा परेका छन् । उनको कार्यकालमा यसअघि पनि ललितपुरबाट हिरासतबाट अभियुक्त फरार भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot