Logo

‘मुटुभित्र तिम्रो’ गीतमा अञ्जली अधिकारीको बोल्ड अवतार (भिडियोसहित)



काठमाडौं, ३० असार । चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीत हिजो (आइतबार) मात्रै ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक भएको हो ।

 

गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् ।

भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot