Logo

‘केपी ओली नै ५ वर्षको प्रधानमन्त्री’ (भिडियोसहित)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । केही समय अघिसम्म नेता खनालले पार्टीभित्र सरकारको नेतृत्व अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्ने सहमति भएकोले सो सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका थिए । तर, आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले ओलीले नै पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने घोषणा गरेका हुन् ।

आफूहरुले लामो समयदेखि दुई पार्टीबीचको एकता प्रक्रियालाई पार गरेर आएको सुनाउँदै खनालले यसको लागि झण्डै १४ महिना समय पार गरेको बताए । सचिवालयको बैकले ७७ वटै जिल्लाको ईन्चार्ज र सह-ईन्चार्ज तोक्ने काममा सफलता मिलेकोमा उनले खुशी व्यक्त गरे । उनले भने,”यो काम सम्पन्न गर्दा हामीभित्र कुनै विमति भएन् । द्धन्द्ध भएन । बरु, सहमति भयो ।” यद्धपी उनले केही केही नेताहरु जो ईन्चार्ज हुनुपर्ने थियो उनीहरुलाई अहिले सह-ईन्चार्ज बनाईएकोमा केही थोरै मात्रामा असन्तुष्टि भएको भएपनि खासै विवाद नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्