Logo

विप्लवमाथि खनिए बादल, शान्तिको बाधक !



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले नचाहेको बताएका छन् ।

राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे ।

मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot