Logo

लालु यादवका छोरा महिलाको कपडा पहिरिएर गाँजाले लठ्ठ हुने गरेको खुलासा



विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवले गाँजा सेवन गर्ने गरेको खुलेको छ । उनी महिलाको कपडा लगाएर राधा जस्तै बनेर गाँजा सेवन गरी लठ्ठ पर्ने गरेको खुलेको हो ।

तेज प्रताप यादवविरुद्ध पटना अदालतमा पारपाचुकेको निवेदन दर्ता गरेकी उनकै पत्नी ऐश्वर्या रायले उक्त खुलासा गरेकी हुन् । अदालतमा पारपाचुकेका लागि दर्ता गरेको निवेदनमा रायले तेजप्रतापको जीवनशैलीबारे तथ्य बाहिर ल्याएकी हुन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार एैश्वर्याले तेजप्रताप घाघरा र चोली लगाएर भगवान राधा जस्तै बनेर गाँजा पिएको घटना खुलाएकी छिन् । तेजप्रताप लागूपद्धार्थको दुव्र्यसनी भएको र आफूलाई बारम्बार दुव्र्यवहार गरेको उल्लेख गरेकी छिन् । पटना अदालतमा दायर मुद्दामा भगवान शिव जस्तै बनेर गाँजा सेवन गर्ने गरेको भनिएको छ ।


विहारका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तेजप्रताप लालु यादव र रावरी देवीका जेठा छोरा हुन् । पत्नी ऐश्वर्या रायले तेजप्रतापको बारेमा उनकी आमा रावणी देवी र परिवारसँग बारम्बार भन्दा परिवर्तन हुने भनेपनि नभएपछि वाध्य भएर पारपाचुके गर्ने निर्णयमा पुगेको उल्लेख गरेकी छिन् । तेजप्रताप र ऐश्वर्याको विवाह सन् २०१८ को मे महिनामा भएको थियो ।

गाँजा छोड्न आग्ह गर्दा तेजप्रतापले भोलेबाबाको प्रसाद छाड्न नसक्ने जवाफ दिने गरेको भनेकी छिन् । आफूमाथि शारीरिक, मानसिक र भावनात्मक हिंसा भएको अदालतमा दायर मुद्दापत्रमा भनिएको छ । Photo Source: The Financial Express



प्रतिक्रिया दिनुहोस्

Screenshot