Logo

काश्मिरको भुईँमा बसेर दोभालले हातैले खाना खाएपछि… (भिडियोसहित)



भारतको खुफिया एजेन्सीका प्रमुख भइसकेका अजित दोभाल अचानक काश्मिर पुगे । भारतले जम्मु काश्मिरलाई विशेष स्वायत्त राज्यका रुपमा प्रदान गर्दै आएको स्थानको संवैधानिक व्यवस्था खारेजको निर्णलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोभाललाई काश्मिर खटाएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा मन्त्री स्तरको पदमा रहेका उनी काश्मिर पुगेर स्थानीयसँग खाना खाइरहेको दृश्य सार्वजनिक भयो । सेतो प्लाष्टिकको प्लेटमा हातैले दोभाल खाजा खाइरहेको दृश्यमा देखिन्छ । उक्त स्थान दक्षिणी काश्मिरको सोपियान हो । जहाँ उनी बन्द सटरछेउको भुईँमा बसेर खाना खाइरहेका थिए ।

निकै सामान्य देखिने उनी स्थानीयसँग गफ गर्दै खाना खाइरहेको दृश्य त्यहाँको स्थिति सामान्य बन्दै गएको सन्देश दिनका लागि हुनसक्ने आँकलन गरिएको छ । जस्तोसुकै स्थानमा पनि सामान्य तरिकाले प्रस्तुत हुनसक्ने खुबीका कारण उनी मोदीको नजरमा परेका थिए ।

भारतीय जनता पार्टी निकट विवेकानन्द फाउण्डेशनसँग आवद्ध रही लामो समय कुशल योजनाकार बनेका उनलाई मोदीले आफ्नो रोजाइमा पारेका थिए । नेपालसँग सीमा जोडिएको उत्तराखण्डका उनी पञ्जाबलाई विभाजन गर्न खडा भएको खालिस्तानी विद्रोही दबाउँदा गुप्तचरका रुपमा महत्वपूर्ण भूमिका निभाएर चर्चामा आएका थिए । दोभाल अहिले काश्मिर पुगेर त्यहाँको सुरक्षा र भविष्यमा आउने चुनौतीको सामना गर्ने प्रतिरक्षासम्बन्धी योजना बनाउन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । Photo Source: Livemint



प्रतिक्रिया दिनुहोस्

Screenshot