Logo

भारतसँग नजिकिदै सुजाता, मुम्बईमा राजनीतिक भेटघाट



मुम्बई । नेपाली काँग्रेसकी नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला यतिबेला मुम्बईमा व्यस्त छिन् । लामो समयपछि भारत आएकी उनी राजनीतिक भेटघाटमा समेत सक्रिय भइन् ।

भारतीय राजदूत मञ्जिभ सिंह पुरीसँग डिनरसहितको भेटपछि कोइराला मुम्बई आएकी हुन् । विगतमा उत्तरी छिमेकी चीनसँग सुजाता नजिकिएको चर्चा चलिरहँदा उनले भारतसँग निकटता बढाएकी हुन् ।

कोइरालाले महाराष्ट्र सरकारका मन्त्री तथा भारतीय जनता पार्टीका नेता तथा महाराष्ट्र विधानसभामा मुख्य सचेतक राज पुरोहितसँग भेट गरेकी छिन् । सुजातालाई मुम्बईमा भाजपा नेता जयप्रकाश सिंहले सम्मान गरे । नेपाल भारत सम्बन्ध प्रगाढ बनाउन भूमिका खेलेको भन्दै उनलाई छात्रहरुका तर्फबाट सम्मान गरिएको थियो ।


नेता सुजाता कोइरालाले भारतमा केही महत्वपूर्ण भेटघाट गरेकी छिन् । उनले विशेषगरी भाजपा नेताहरुसँग भेटेको बुझिएको छ ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइराला क्यान्सको उपचारपछि तंग्रिएर सक्रिय हुन खोजिरहेकी छिन् । उनको सक्रियतालाई काँग्रेसभित्र र बाहिर अर्थपूर्ण रुपमा हेरिएको छ ।

तस्वीरः सामाजक सञ्जाल



प्रतिक्रिया दिनुहोस्

Screenshot