Logo

यी हुन् इप्स्टिेनकी सहयोगी, जस्ले कम उमेरका केटी व्यवस्था गर्थिन्



यौन दुराचारको अभियोगमा जेलमा रहँदा आत्महत्या गरेका भनिएका अमेरिकी अरबपति इप्स्टिेनका मुख्य सहयोगी घिसलेन म्याक्सवेल हुन् । उनैले कम उमेरका केटीहरुलाई इप्स्टिेनसम्म पुर्याउँथिन् ।

आफूलाई यौनकार्यका लागि उपयाग गरेको भन्दै इपिस्टेनसँग नाम जोडिएकी भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् ।

आरोप लागेकामध्ये कतिपयले अस्वीकार गरिसकेका छन् । तर, गिउफ्रीले आफूसँग प्रमाण रहेको दाबी गरेकी छिन् । १५ वर्षीया एक स्वीडीस केटीले आफूलाई इप्स्टिेनले व्यक्तिगत टापुमा लगी जर्बजस्ती करणी गरेको अभियोग लगाएकी छिन् । उनको घरमा सयौं केटीहरु पुग्ने गरेको तथ्य समेत खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्