Logo

रविलाई पाँच लाख अस्मितालाई साधारण धरौटी किन ? कानुनव्यवसायीको प्रश्न् (भिडियोसहित)



काठमाडौं ।शालिग्राम पुडासैनी आत्महत्या घटनामा मुछिएका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले पाँच लाख धरौटी लिएको तर उही घटनामा मुछिएकी अस्मिता कार्कीलाई विना धरौटी साधारण तारेखमा रिहा गरेको भन्दै कानुन व्यवसायी विष्णु भट्टराईले आशंका व्यक्त गरे छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले अदालतको फैसलामा आशंका गरेका हुन् ।

”किन रवि लामिछानेलाई पाँच लाख ? अस्मितालाई किन साधारण तारेखमा रिहा गरियो ?” उनले भने । अदालतले यसमा मनासिश लागेकाले गरेको हुनसक्ने समेत बताए ।

अर्का कानुन व्यवसायी रेवतीरमण भण्डारीले आत्महत्या दुरुत्साहनको कानुन बनिसकेकाले यसको लागू हुनुपर्ने बताए । मोरङ जिल्ला अदालतले यसको प्रयोग गरिसकेको समेत बताए । हेर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्