Logo

हतियार र नक्कली सुन सहित नौ जना पक्राउ



काठमाडौं, भदौ २३ । हतियार र नक्कली सुन सहित प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका ७ का पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ का कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका १० का धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका ५ का बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका ४ का योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका ५ का युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका ६ का छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का राजन तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो सहित नौं जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले २१ भदौको साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot